काठमाडौं २७ कात्तिक । मंगलबार पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । मंगलबार सुन प्रतितोला २४ सय र चाँदी प्रतितोला ३० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य घटेर प्रतितोला १ लाख ६२ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि नेपालमा सुनको मूल्य तोलाको एक लाख ७१ हजारसम्म पुगेको थियो ।
