• ट्रेण्डिङ्ग :
ओरालो यात्रामा सुनको मुल्य, तोलामा ४ सयले घट्यो

ओरालो यात्रामा सुनको मुल्य, तोलामा ४ सयले घट्यो


  • 3.0K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.7K Views

    ओरालो यात्रामा सुनको मुल्य, तोलामा ४ सयले घट्यो

    काठमाडौं, २८ कात्तिक  । नेपालमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । पछिल्ला दुई सातामा मात्रै सुन प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको हो ।

    images

    कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य अहिले प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको छ । आज (बुधबार) पनि सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा रहेको सुन आज घटेर १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा आएको यस प्रकारको गिरावट पछिल्लो दुई साताको उच्च गिरावट हो । तर, सुनको मूल्य घट्दै जाँदा चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा रहेको चाँदी बुधबार बढेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ पुगेको छ ।


    तेस्रो आँखा