• ट्रेण्डिङ्ग :
आज सुनको मूल्य तोलामा सामान्य गिरावट

आज सुनको मूल्य तोलामा सामान्य गिरावट


  • 5.1K
    SHARES
    • मंसिर २, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.9K Views

    आज सुनको मूल्य तोलामा सामान्य गिरावट

    काठमाडौं, २ मंसिर । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य तोलामा १ सय रुपैयाँले ओरालो लागेको हो ।

    images

    छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा