काठमाडौं, १९ फागुन । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ। बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ।
