जनवादी गणतन्त्र चीनको यात्रा,उत्साहप्रद सिकाइ

जनवादी गणतन्त्र चीनको यात्रा,उत्साहप्रद सिकाइ


  • 6.7K
    SHARES
    • मंसिर ५, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 10.2K Views

    जनवादी गणतन्त्र चीनको यात्रा,उत्साहप्रद सिकाइ

    सिचुवान इन्टरनेशनल सिटीज कोअपरेसन एण्ड डेभलपमेन्ट कन्फ्रेन्स २०२४ नोवेम्बर ११ देखी १३ सम्म सिचवान  प्रान्तको छेन्दुमा भाग लिन नोवेम्बर ११ तारिख लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा ७ सदस्यीय प्रतिमण्डल चिन गयौं । सो प्रतिनिधी मण्डलको सदस्यको हैसियतले सो कार्यक्रममा भाग लिदाका केही अनुभूति तथा सो भ्रमणको उपलब्धी तथा सिकाइलाइ यस आलेखमा बिचारको रुपमा प्रस्तुत गरिएको छ ।

    images

    यसको सन्दर्भका बारेमा अलिकित चर्चा गर्दा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले यस प्रदेशबासीलाई सुख शान्ती र समृद्धिका साथ बिकसित गर्नका लागि एउटा संकल्प अगाडि सार्नुभएको थियो । सो संकल्प थियो समृद्ध प्रदेश खुसी जनता । त्यसका लागि बिभिन्न योजनाहरु बनाएर अगाडि बढने सन्दर्भमा जनवादी गणतन्त्र चिनको सिचवान प्रान्तसंग सन २०१९ मा प्रान्त र प्रदेश बिच, सिकाइ, संस्कृती, प्रबिधि तथा सहयोग आदान प्रदान गरि एकअर्काको सुखदुखमा साथ दिने उद्देश्यका साथ भगिनी सम्बन्ध स्थापना गर्नुभएको थियो । सो सम्बन्ध स्थापना पश्चात कोभिड १९ को महामारीका कारण यसका कामकारवाही अगाडि बढन सकेनन् । तत्पश्चात सरकारका फेरबदलले लुम्बिनी प्रदेशको संकल्पमा पनि फेरबदल ल्याइरह्यो । यसको कारण यसले तय गरेका कार्यहरु ठोसमा रुपमा अगाडि बढन सकिरहेका थिएनन् । बर्तमान सरकार गठन गरेपश्चात जनतालाई सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश बनाउन बिभिन्न कार्यक्रम अगाडि सारेको छ । भ्रष्टाचार न्यूनिकरण सुशासन प्रबद्र्धन गर्ने ५ बर्षे रणनैतिक योजना तय गरेर पारित गर्दै कार्य अगाडि बढाएको छ । बिगतका सरकारहरुले अगाडि सारेका राम्रा कार्यहरुको निरन्तरताका लागि बिभिन्न प्रयास सुरु गरेको सन्दर्भमा सिचवानसंग भएको सम्बन्धलाइ जीवन्त पार्नु पनि एक थियो ।

    Dr_Ram.jpg

    लुम्बिनीको बिकास र निर्माणमा सिचवान सरकार र यससंग जोडिएका विभिन्न लगानीकर्ताहरुको लगानी समेत आकर्षित गर्नुपर्ने आजको आवस्यकता भएको छ । त्यसका लागि सम्बन्ध स्थापित गरिएको औपचारिक पत्र खोजेर सिचवान सरकारलाइ पुनस्मरण गराउने काम भए लगत्तै छेन्दुमा सिचवान प्रान्त संग जोडिएका बिभिन्न देशका विभिन्न प्रान्तको सहभागितामा सिचुवान इन्टरनेशनल सिटीजकोअपरेसन एण्ड डेभलपमेन्ट कन्फ्रेन्स २०२४  आयोजना गर्न लागिएको र सो कार्यक्रममा सहभागिता जनाउन सक्ने आसयको जानकारी आयो । यसपछि हामीले यो महत्वपूण कार्यक्रममा मुख्यमन्त्री, अर्थ तथा योजना मन्त्री, सरकारकाका प्रमुख सचिव, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा। राम बहादुर राउत र मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जाने तय भयो । जसमा प्रचलन अनुसार मुख्यमन्त्रीको धर्मपत्नी र हामी सबैलाई भाषामा सहजीकरण गर्ने तथा नेपालका १२ भन्दा बढि नगरसंग चिनका नगरहरुलाइ जोडन भूमिका खेल्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्राध्यापक डा। सागर न्यौपाने समेत गरेर ७ सदस्यीय प्रतिमण्डल जाने निणर्य भयो । यो भ्रमणको मुख्य उद्देश्य सो कार्यशालामा भाग लिने रहेको भएता पनि त्यससंग जोडिएका उद्देश्यहरु निम्न थिए :

    १- सन २०१९ सालमा स्थापित लुम्बिनी प्रदेश र सिचवान प्रान्तको भगिनी सम्बन्धलाइ पुनव्यवस्थित गर्ने ।
    २- लुम्बिनी प्रदेशको बिकासका लागि लगानीकर्तासंग छलफल र लगानीका लागि आह्वान गर्ने ।
    ३- भगवान गौतम बुद्धस्थल लुम्बिनीमा सिचवान लगायत कार्यशालमा सहभागी देश तथा प्रदेशहरुलाइ भ्रमण गर्नका लागि आमन्त्रण गर्ने ।
    ४- लुम्बिनी सरकारले हाल प्राथमिकताका साथ अगाडि सारेका केही परियोजनाका बारेमा जानकारी दिने ।

    कार्यशाला ११ देखि १३ सम्म तोकिएता पनि त्यसको कार्यक्रम तालिका हेर्दा कार्यक्रम १२ र १३ मात्र रहेको र ११ तारिखमा प्रतिनिधी मण्डलहरुको स्वागत तथा उनिहरुको व्यवस्थापन मात्र देखिएको हुनाले साथै मुख्यमन्त्रीको कार्यमा असर नपरोस भनेर ११ तारिख मा जाने गरि भ्रमण तय गर्यो । १० तारेखमा जाने कार्यतालिकालाई छोटयाएर हामीले ११ तारिख पनि ५ बजेर ४० मिनेट जादाँको बिमानमा टिकट व्यवस्थापन गर्न आयोजक पक्षलाइ अनुरोध गरेका थियौं । हामी सोहि दिन रातीको ११:४५ बजे राती छेन्दु पुगेका थियौं ।

    १२ तारिख बिहान ८ बजे देखि निरन्तर राती ९ बजे सम्म कार्यशालामा सहभागिता, दुइपक्षीय, बहुपक्षीय कुराकानी लगानीकर्ताहरुसंगको छलफल निकै व्यस्तता रह्यो । १३ तारिखमा सिचुवान सरकारले गरेका केही महत्वपूणर् आयोजनाको भ्रमण गर्ने काम बिहान ८ बजेबाट सुरु भयो । चिनले लोपोन्मुख अवस्थामा रहेको पाण्डाको संरक्षण, बिभिन्न पोषणले युक्त च्याउ उत्पादन उद्योग जसले दिनमा ६० टन च्याउ उत्पादन गर्दछ अनि उत्पादित बस्तु ६० प्रतिशत बिश्व बजारमा बेच्दछ त्यसको अवलोकन । संसारलाइ चकित पार्ने बुलेट रेल त्यसका संगै रहेका नेपाल तथा युरोपीयन देशका पेभिलियनहरु, मानव बिकास इतिहाससंग जोडिएको म्यूजियम, तथा दयाङ्ग नगर योजना अवलोकन गर्ने कार्य पश्चात दयाङ्ग नगरले आयेजना गरेको स्वागत तथा रात्रीभोजमा सिरक हुने कार्य गरियो । रात्रीभोजका सन्दर्भसंगै औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । जसको अध्यक्षता त्यहाँको कार्यकारी उपमेयर र प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाइ बनाइएको थियो । सो समारोहमा जर्मनी, मोरोक्को, श्रीलंका,इजिप्ट लगायत देशका बिभिन्न प्रान्तका प्रमुख उपप्रमुखले बिभिन्न बिचार राख्नुभएको थियो ।

    Chin.jpg

    हाम्रो प्रतिनिधी मण्डल मुख्यमन्त्री, अर्थ तथा योजनामन्त्री हामी सबै लुम्बिनीलाइ बिश्व सामु पस्किने कुरामा तल्लिन थियौं । चिनिया संस्कार अनुसारको रात्रीभोज त्यसमा हरेकले हरेकसंग गएर व्यक्तगित रुपमा चिनजान गर्ने आफ्ना बिषयहरु राख्ने त्यसलाइ एकअर्काले स्विकार गर्ने कुरा वास्तवमा सिक्नपर्ने अनुकरणीय चिज थियो । हामीले सो रात्रीभोजको समयलाइ पनि भ्रमणको उद्देश्यबाट वेष्ठित गरिरह्यौं । हरेक सहभागीलाइ लुम्बिनीको परिचय, त्यसलाइ साझा बनाउने प्रयत्न, शान्तीदीपले सबैलाइ उज्यालो छर्ने कुरा र सो उज्यालोलाइ कुनै भौगोलिक सिमाना,धर्म संस्कृति, राजनीति वा जातजातीका सिमाले नछेक्ने कुरा पस्किरहेका थियौं । सो दीपलाइ अझ उज्यालो बनाउने दायीत्व उज्यालो चाहाने सबैको हो भन्ने दायीत्व बोध गराउनु हाम्रो महत्वपूर्ण उद्देश्य थियो ।

    भाषा फरक थिए मोरोक्कोमा बोलिने फ्रेन्च भाषीले अंग्रेजी नबुझ्ने नत चिनीया नत नेपाली तर लुम्बिनीका मुख्यमन्त्री र मोरोक्कोका कुनै प्रान्तका मुख्यमन्त्रीले आ आफ्ना भाषामा कुरा गरिरहेका थिए तर एकले अर्काको भावना र मर्म बुझेको महसुस हुन्थ्यो । यो कार्यक्रमले बिश्वसामु हाम्रो सामथ्र्यको रुपमा रहेको हाम्रो गौरव बिश्वशान्तीको ज्योती बुद्धको बारेमा लुम्बिनीको बारेमा सगौरव प्रस्तुत गरिरहेका थियौं । हाम्रा मुख्यमन्त्रीले सो समारोहमा राख्नुभएको बिचारले सबैलाइ सम्मोहित पारिरहेको थियो र चर्चाको बिषय बनिरहेको थियो । यस परिदृश्यले हाम्रो सो कार्यक्रममा सहभागीता जनाउनुको उद्देश्य पुष्टि गरेको महसुस गरियो । हाम्रा मुख्यमन्त्रीले सो कार्यक्रममा राख्नुभएको भएको बिचार जस्ताको तस्तै आम पाठक समक्ष प्रस्तुत गर्दछु :

    ”सिचुवान प्रादेशिक कमिटीका सचिव श्री वाङ स्याओहोइ,
    सिचुवान प्रादेशिक जनसरकारका गभर्नर श्री स्ही स्याओलिन 
    अन्य उपस्थित समआदरणीय व्यक्तित्व ज्यू हरु ।
    सम्मानित व्यक्तीत्वहरु, आज यस सिचुवान प्रदेश सरकारले आयोजना गरेको सिचुवान इन्टरनेशनल सिटीज कोअपरेसन एण्ड डेभलपमेन्ट कन्फ्रेन्स २०२४ मा भाग लिन तपाइहरुको सुन्दर यो प्रदेशमा आउन पाउँदा गौरव महसुस गर्दै अत्यान्तै खुसी ब्यक्त गर्दछु । साथै यस कार्यक्रममा हामीलाइ आमन्त्रण गरेर यस प्रकारको न्यानो आतिथ्यता प्रदान गर्नुभएकोमा म, मेरो प्रतिनिधी मण्डल, मेरो प्रदेश तथा सिंगो मेरो देश नेपालको तर्फबाट आभार व्यक्त गर्न चाहान्छु । आज म यस गरिमामय कार्यक्रममा उपस्थित भैरहँदा, मैले आज भन्दा हजारौं बर्ष पहिला यस सुन्दर धर्तिमा आएर नेपालको तर्फबाट कला प्रस्तुत गर्दै हाम्रो मित्रतालाइ अगाडि बढाउने कलाकार अरनिको र नेपाली चेलीसंग बैवाहिक सम्बन्ध कायम गर्ने  राजा स्रङचङगम्पो र बौद्ध शिक्षाको प्रचारक साम्राज्ञी भृकुटिलाइ सम्झना गर्दै हाम्रो देश नेपाल र मित्रराष्ट्र चिनको मितेरी सम्बन्धको बारेमा स्मरण गर्न चाहान्छु । 

    म भन्न चाहान्छु, हाम्रो देश नेपाल र मित्रराष्ट चिनलाइ भगवान बुद्धको पञ्चशिलले जोडेको छ । वहाँको शिक्षाले जोडेको छ । भगवान गौतमबुद्धको जन्मस्थानको नामबाट परिचित प्रदेश लुम्बिनीबाट आज म यहाँ उपस्थित भएको छु । हामीले अनुभूति गरिरहेका छौं कि स् हाम्रो मित्रताको पहेलुलाई हाम्रो अर्थतन्त्र,हाम्रो साँधसिमाना, हाम्रो सँस्कृती र हाम्रो इतिहासले कसिलो बनाएको छ । हाम्रो छिमेकी मित्रराष्ट्रले आज आफुला बिश्वको अव्वल अर्थतन्त्र भएको मुलुकको रुपमा उभ्याएको छ । आज चिनको अर्थतन्त्र, चिनको बिकास मोडेल, चिनको प्रबिधी बिश्वका सबै देशले अनुकरण गर्ने खालको छ । यो कुरा प्रति हामी एउटा असल मित्रराष्ट्रका हैसियतले गर्व गर्दछौं । यसको श्रेय यस देशका बर्तमान महामहिम राष्ट्रपती तथा बिश्व कम्यूनिष्ट आन्दोलका नेता श्री सि जिङ पिङको नेतृत्वलाइ जाने कुरा हाम्रो ठम्याइ हो ।  यो प्रगती र यस प्रकारका कार्यले संसारलाइ नै चकित पारिरहेको छ । चिनिया बिकास मोडेल, प्रबिधी तथा समृद्धिबाट हामीले सिक्न चाहान्छौं र हामीहरु पनि संगै यात्रा गर्न चाहान्छौं । किन भने हाम्रो देश नेपाल र हाम्रो प्रदेश नमुना काम गर्नका लागि आतुर छ जनतालाइ बिकास र समृद्धि प्रदान गर्न प्रतिबद्ध छ ।

    हामी र हाम्रो केन्द्र सरकार चिनका हरेक सकारात्मक कामको सह्राना गर्दछ । हामी र हाम्रो केन्द्र सरकार एक चिन सिद्धान्तप्रति प्रतिबद्ध छ र आफ्नो भूमिमा छिमेकी बिरोधी गतिविधीका लागि प्रयोग गर्ने नदिने कुरामा समेत दृढ रहेकोछ । हामी बिश्वास गर्दछौं यस प्रकारको प्रतिबद्धताले हाम्रो मित्रतालाई अझ खँदिलो र बलियो बनाइरहेकोछ । हामी आभारी छौ किनभने नेपालको बिकासका हरेक आयाम, बाटोघाटो, पुलपुलेशा,उद्योग कलकारखाना, प्रबिधी जस्ता बिषयमा चिनको अत्यान्तै महत्वपूर्ण सहयोग रहेकोछ । यसको नमुनाको रुपमा हामीले पोखरा अन्तरराष्ट्रिय बिमानस्थल तथा गौतमबुद्ध अन्तरराष्ट्रिय बिमानस्थल भैरहवालाई लिने गरेका छौं । हामीले अझ गर्वका साथ भन्ने गरेका छौं कि गौतमबुद्ध अन्तरराष्ट्रिय बिमानस्थल हाम्रो प्रदेशमा पर्दछ र यो भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनिबाट केवल १४ किमिको दुरीमा छ ।

    यो बिमानस्थलले चिन लगायत बिश्वभरका बुद्धका अनुयायीहरुलाई बुद्धको जन्मस्थल पुग्नका लागि मद्धत गर्नेछ । यो परियोजना बिश्वभरका बौद्धमार्गीहरुका लागि गौरवको बिषय हो । चिनिया जनता र नेपाली जनता बिचको अन्तरसम्बन्ध बिकासमा भगवान गौतमबुद्ध र वहाँको जन्मस्थल लुम्बिनीले हामी र हाम्रो भावनालाई सुदृढ गर्न महत्वपूणर् भूमिका खेलेकोछ किन भने हामी नेपालीहरुले लाखौ लाख चिनिया तिर्थयात्रीहरुलाइ सो पवित्र स्थानमा स्वागत गर्न पाइरहेका छौं । यसै अवसरमा म सिचुवान सरकारसंग अनुरोध गर्न चाहान्छु कि हाम्रो भगिनी सम्बन्धलाइ प्रगाढ बनाउन छेन्दु र भैरहवा बिच सिधा हवाइ सेवा सञ्चालन गरौं । जसले गर्दा हामी दुइ मितेरी प्रदेशका जनताको मित्रता अझ बढि प्रगाढ होस । 

    त्यस्तै गरी हाम्रो प्रदेशमा रहेको लुम्बिनी बौद्ध बिश्वबिद्यालयमा चिनिया सरकारको  महत्वपूर्ण सहयोग रहेको छ ।  चिनिया भाषा, संस्कृतिको जानकारी गराउन र हामीलाई भाषा शिक्षाका लागि सो बिश्वबिद्यालयमा स्थापना गरिएको भाषा परिक्षण केन्द्रले सबै नेपाली जनताको चिनिया भाषा संस्कृतिमा पहुँच बृद्धि गरेको छ तसर्थ म यस महान कार्यका लागि चिनिया सरकार र यसमा लगानी गर्ने लगानीकर्ताहरु प्रति हार्दिक सम्मान ब्यक्त गर्दै यस प्रकारको कार्यको हार्दिक प्रशंसा गर्दछु । हाम्रो प्रदेशका संस्थापक मुख्यमन्त्री माननीय शंकर पोखरेलले सन २०१९ मा तपाँइहरुको यो सुन्दर प्रदेश सिचुवानसंग भगिनी सम्बन्धको बिषय अगाडि बढाउनु भएको हो । यस महान कार्यका लागि वहाँ र तत्कालिन यो प्रदेशको नेतृत्वलाइ धन्यबाद व्यक्त गर्न चाहान्छु । त्यस पश्चात यसलाइ अगाडि बढाएर हाम्रो उद्देश्य पुर्ण गर्न धेरै कामहरु गर्नुपथ्र्यो तर बिश्व महामारीको रुपमा आएको कोभिडका कारणले हाम्रा साझा जिम्मेवारी हामीले अगाडि बढाउन सकेनौ । अब हामी सोहि भावनालाइ आत्मसात गर्दै हाम्रो मितेरी सम्बन्ध अगाडि बढाउन चाहान्छौं । हामी हाम्रा सिकाइ, अनुभव तथा  बिकासका सम्भावनालाई आदान प्रदान गर्न प्रतिबद्ध छौं र तपाइहरुको प्रतिवद्धताको अपेक्षा गर्दछौं ।

    तत्कालिन अवस्थामा हाम्रो प्रदेश सरकारले सिचवानसंग सम्बन्ध स्थापित गरे प्रश्चात हाम्रो प्रदेशका केही नगरहरुले पनि यस्तै प्रकारको कार्य अगाडि बढाएकाछन  जसमा तानसेन लशान, ठाकुरबाबा लशान लगायतका नगरहरु पर्दछन । यसरी हाम्रा निकाय बिचमा यस किसिमका  सम्बन्ध हाम्रा प्रदेशका धेरै नगरहरुसंग बिकास गर्दै लैजाने कुरामा लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ ।  यस महत्वपूणर् कार्यक्रममा म लुम्बिनी प्रदेश सरकारको तर्फबाट उपस्थित महानुभाव हरुलाइ आह्वान गर्न चाहान्छु : 

    १- लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाइ समृद्ध बनाउने, यसलाइ बिश्वको एक महत्वपूर्ण र नमूना स्थल बनाउने दायीत्व हामी सबैको साझा हो । तसर्थ यससंग जोडिएका बिकास निर्माणका कार्यहरुमा साझा लगानी गरौं । साझा प्रतिफल हासिल गरौं बिश्वको शान्तीदिपलाइ थप प्रज्वल्लित गरौं ।

    २- म हार्दिक आमन्त्रण गर्दछु कि, हामी अब छिटै लुम्बिनीमा लगानी सम्मेलन गर्दैछौं । त्यसको लागि यहाँहरुको उपयुक्त समयका बारेमा छलफल गर्दै सो समयको किटान पश्चात हाम्रो कुटनैतिक नियोग मार्फत पत्राचार गर्नेछौं । त्यसमा यहाँको प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्था सबैको उत्साहपूणर् उपस्थिती हुनेछ ।

    ३-लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुवान प्रान्त लगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवस्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराउन चाहान्छु तसर्थ यस प्रदेशमा खुलेर लगानी गर्नुहुनेछ । हामीलाई जानकारी छ नेपाल चिन बिचको कुल व्यापारको एक तिहाइ सिचुवान प्रान्तबाट हुने गरेको छ । तसर्थ यो परिमाण अझ बृद्धि गर्न प्रदेश सरकारले जुनसुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराउन चाहान्छु ।

    ४-बौद्ध पर्यटनको विविधीकृत बिकासका लागि स्थानीय जनता, पर्यटन व्यवसायी र पथप्रदर्शकहरु, हाम्रो सरकार अन्तरगतका बुद्ध सर्किटमा पर्ने नगरपालिकाहरु, लुम्बिनी बौद्ध विश्वविद्यालय, साँस्कृतिक सम्पदास्थलहरु आदिसंग घनिष्ट सहकार्यका लागि समेत आह्वान गर्न चाहान्छु ।

    ५-लुम्बिनी प्रदेश भित्रका गरिएका बस्तुको उत्पादनहरुको बिकास र ब्राण्डिङ गर्दै हाम्रा जनताको रोजगारी र जीवनयापनसंग जोडन तपाइहरुको अनुभव प्रविधि मात्र नभै उत्पादित बस्तुको बजार सृजना गर्न, नियमित व्यापार मेला आयोजना गर्न वा लुम्बिनी प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि पहल गर्न समेत यहाँहरु समक्ष अनुरोध गर्दछु । 

    ६-पवित्र स्थल लुम्बिनी भ्रमण गर्न यहाँको सरकार, सिचुवानबासी समुदाय तथा आम चिनीया जनतालाइ हार्दिक आमन्त्रण गर्दछु ।

    अन्त्यमा

    यो महत्वपूणर् कार्यक्रममा आमन्त्रण गरेर, अविस्मरणीय र ओझपूर्ण आतिथ्यताका लागि हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै सिचुवानबासी जनताको सुख शान्ती र निरन्तर समृद्धिका लागि सफलताको कामना गर्दछु । यसै प्रकारको आतिथ्यताको अवसर हामीलाइ पनि प्रदान गर्नुहुनेछ भन्ने बिश्वासका साथ मेरो भनाइ अन्त्य गर्दछु ।“ यसका अलावा राउण्ड टेवल छलफलमा समेत एजेण्डागत रुपमा छलफल चलाउने कार्य भएको छ जुन एजेण्डा यस प्रकार  थिए : 
    - प्रदेश राजधानी शहर निर्माण आयोजना देउखुरी दाङ
    - भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी शहर राप्ती देउखुरी जोडन आवस्यक पर्ने सुरुङमार्ग (शिवपुर कालकाटे)
    - बुद्ध सर्किटमा पर्ने बिभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण । (मोनोरेल सञ्चालन समेत)
    - लुम्बिनी प्राबिधिक बिश्वबिद्यालयका लागि चिनिया प्राविधिक बिश्वबिद्यालयको आवस्यक सहयोग ।
    - लुम्बिनी प्रदेश सभाका सभासदहरुको क्षमता अभिवृद्धिका लागि आवस्यक सहयोग (चिनिया बिधायन पद्धति र सिकाइ)
    - कृषक, पशुपालकहरुको लागि क्षमता अभिवृद्धि उत्पादित बस्तुबजारीकरण तथा जडिबुटी उत्पादकहरुको लागि क्षमता बिकासमा सहयोग तथा बजारीकरणमा सहयोग ।
    - पर्यटनस्थल व्यवस्थापन र पथपर्दशन सम्बन्धि बिशिष्ट तालिम एवं भाषा प्रशिक्षणको लागि अनुरोध गर्ने बिषय ।
    समग्रमा मुख्यमन्त्रीको सिचुवान भ्रमण उपलब्धीमूलक, सिकाइमुलक तथा प्रभावकारी रहेको निश्कर्ष रहेको छ ।




    डा.राम बहादुर राउत
    लेखकबाट थप