• ट्रेण्डिङ्ग :
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा


  • 3.8K
    SHARES
    • मंसिर ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.9K Views

    कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

    कैलाली, ६ मंसिर । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।

    images

    धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आउनु भएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको छ । चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थालेका उहाँले हाल पाँच वटा टनेलबाट च्याउ उत्पादन गर्दै आउनु भएको हो।

    पाँच वटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर छ महिनामा छ लाख बचत हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,– “हिउँदका छ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो दुई सयदेखि दुई सय पचासमा बिक्री हुने गरेको छ ।”

    “बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन”, उहाँले भन्नुभयो,– “प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।” च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उहाँ बताउउनु हुन्छ । उहाँले भन्नुभयो,– “यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । चार जनाको परिवार छ,घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।” च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उहाँले सुनाउनुभयो । 


    यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गर्नुभएको छ । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक दुई लाख बचत हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।” च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उहाँको अनुभव छ । 

    च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाएकी उहाँले त्यसबाट वार्षिक रु एक लाख बचत गर्दै आएको बताउनुभयो । 


    तेस्रो आँखा