• ट्रेण्डिङ्ग :
निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्नुस, सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री

निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्नुस, सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री


  • 3.0K
    SHARES
    • मंसिर ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.5K Views

    निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्नुस, सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री

    बुटवल ६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गर्नु भएको छ । भब्य समारोहका विच मुख्यमन्त्री आचार्यले महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायको वातावरण सरकारले बनाउने हुँदा निर्धक्क भएर लगानी गर्न आमन्त्रण गर्नु भयो ।

    images

    पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेको, उद्योग, व्यवसायको क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेकोमा खुसि व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरुमा आमन्त्रण गर्नु भएको हो । लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको बताउनु भयो । राज्यले वातावरण बनाउछ । लगानीकर्ताहरुले निर्धक्क भएर लगानी गर्नुस । लुम्बिनी प्रदेशमा हामी आमन्त्रण गर्दछौं,उहाँले भन्नुभयो-सरकारले व्यवसायीहरुको संरक्षण र सम्बर्द्धन गर्छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन ।, एक अर्को प्रशंगमा मुख्यमन्त्री आचार्यले आफुले थालेका काम प्रति दृढ विश्वास नहुदा समाजमा केही विचलन देखिएको उल्लेख गर्नु भयो ।, अहिले आफुले गरेका कामप्रति विश्वास गर्न नसक्दा विचलन देखियो,उहाँले भन्नुभयो-पुर्खाहरुले गरेका व्यवसाय  वैज्ञानिक थिए । तर, अहिले ती व्यवसाय छोड्दै जाँदा समस्याहरु आएका छन ।

    पुर्खाले गरेका व्यवसायलाई निरन्तरता दिन सक्नुपर्छ ।, तिलोत्तमा लुम्बिनीको मात्रै नभइ देशकै उदाउँदो र नमुना शहरको रुपमा परिचित हुनु गौरवको बिषय भएको उहाँको भनाइ छ । तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय स्टल रहेका छन ।


    तेस्रो आँखा