काठमाडौं ११ मंसिर । सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँ घटेर १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो । सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि मूल्य घटेको हो ।
