• ट्रेण्डिङ्ग :
तुलसीपुरमा एक करोड लगानीमा इलेक्ट्रोनिक तथा मोबाइल सेन्टर सञ्चालन

तुलसीपुरमा एक करोड लगानीमा इलेक्ट्रोनिक तथा मोबाइल सेन्टर सञ्चालन


  • 16.6K
    SHARES
    • मंसिर १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 25.5K Views

    तुलसीपुरमा एक करोड लगानीमा इलेक्ट्रोनिक तथा मोबाइल सेन्टर सञ्चालन

    तुलसीपुर, १३ मंसिर ।  तुलसीपुरमा एक करोडको लगानीमा राप्ती इलेक्ट्रोनिक तथा मोबाइल सेन्टर सञ्चालनमा आएको छ । विहीबार तुलसीपुरस्थित विपि चोकबाट सञ्चालनमा आएको राप्ती इलेक्ट्रोनिक तथा मोबाइल सेन्टरको उद्घाटन भएको हो ।

    images
    IMG_9271 copy.jpg

    खडक पुनले सञ्चालन गरेको सेन्टरको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले गर्नु भएको हो । उक्त अवसरमा बोल्दै अध्यक्ष केसीले युवा पुस्ता तथा युवाले व्यवसायी गर्ने नयाँ ट्रेन आएको बताउँदै खुशी व्यक्त गर्नुभयो । उहाँले अहिले पनि शिक्षा तथा रोजगारीको अभावका कारण कयौं युवा विदेश पलायन हुने प्रकोप जस्तै आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि सक्ने अवस्था नरहेको उहाँको भनाइ थियो । ‘व्यापार छैन, भनिरहँदा सधैं व्यापार हुँदैन, सधैं आर्थिक अवस्था चलायमान हुँदैन भन्दै गर्दा यसरी नयाँ खुल्ने व्यवसाय, उद्यामशिलताले आत्मविकासमा सहयोग पु¥याउँछ ।’ अध्यक्ष केसीले भन्नुभयो । 

    IMG_9264 copy.jpg

    उक्त मोबाइल सेन्टरले विशेष सहुलियत मूल्यमा विभिन्न किसिमका इलेक्ट्रनिक सामानहरु उपलब्ध गराउने सञ्चालक खडक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पसलमा मोबाइल, घडी, फ्रिज, हिटरलगायतका सामानहरु पाइन्छन् । एउटलै छानामुनि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु पाइने उद्देश्यले राप्ती इलेक्ट्रोनिक पसल सञ्चालनमा ल्याएको पुनले बताउनु भयो । उक्त सेन्टरमा सात जनाले रोजगारी पाएका छन् । 

    IMG_9279 copy.jpg

     


    तेस्रो आँखा