• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १६ सयले बढ्यो

सुनको मूल्य तोलामा १६ सयले बढ्यो


  • 4.2K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 6.5K Views

    सुनको मूल्य तोलामा १६ सयले बढ्यो

    काठमाडौं, १४ मंसिर । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले उकालो लागेको हो ।

    images

    आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा