• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य तोलामा सामान्य गिरावट

सुनचाँदीको मूल्य तोलामा सामान्य गिरावट


  • 3.8K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.8K Views

    सुनचाँदीको मूल्य तोलामा सामान्य गिरावट

    काठमाडौं, १६ मंसिर । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो ।

    images

    आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा