आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने


  • 2.7K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.1K Views

    आज देशभर मौसम सफा रहने

    काठमाडौं, १९ मंसिर । जल तथा मौसम विज्ञान विभागले देशभरको मौसम सफा रहने जनाएको छ। विभागका अनुसार बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

    images

    त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ। 

    बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।


    तेस्रो आँखा