आज स्वर सम्राट नारायण गोपालको ३४औँ स्मृति दिवस

आज स्वर सम्राट नारायण गोपालको ३४औँ स्मृति दिवस


  • 3.5K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.3K Views

    आज स्वर सम्राट नारायण गोपालको ३४औँ स्मृति दिवस

    काठमाडौँ, १९ मङ्सिर । आज स्वर सम्राट नारायण गोपालको स्मरण गरिँदै छ । उहाँको ३४औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले नारायण गोपाल सम्मान र संगीत पुरस्कार वितरण गर्ने भएको छ ।

    images

    नेपाल कला संस्कृति विकास केन्द्रले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा कलाकारहरूले नारायण गोपालका गीतहरू गाउने भएका छन् । स्मृति दिवस पारेर नारायण गोपाल संगीत कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ यो वर्ष पनि विभिन्न संगीतकर्मीहरूलाई प्रदान गरिँदै छ ।

    कोषले विज्ञप्ति जारी गर्दै गीतकार शिवशंकर थापा, संगीतकार बुलु मुकारुङ तथा गायक कुमार बस्नेतलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्र पत्र र दोसल्लाले सम्मान गरिने जनाएको छ ।

    विसं १९९६ असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो । २०१७ सालमा रेडियो नेपालबाट माणिक रत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका स्वर सम्राट् नारायण गोपालले दर्जनौँ कालजयी गीत गाउनु भएको छ ।


    तेस्रो आँखा