काठमाडौं १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको उल्लेख छ । राष्ट्रपति पौडेल आज बिहान अस्पताल भर्ना हुनु भएको थियो । उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
