बोर्डले चलचित्र भवनको सूची सार्वजनिक गर्यो

बोर्डले चलचित्र भवनको सूची सार्वजनिक गर्यो


  • 2.5K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.8K Views

    बोर्डले चलचित्र भवनको सूची सार्वजनिक गर्यो

    काठमाडौं, १९ मंसिर । चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

    images

    उक्त सूचीअनुसार बागमती प्रदेशमा ६७, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा तीन र सुदूरपश्चिममा एउटा चलचित्र भवन सञ्चालनमा छन् ।

    बोर्डले चलचित्र भवन र सिट सङ्ख्या समेत उल्लेख गरिएको छ । बोर्डले आगामी दिनमा सञ्चालनमा रहेका चलचित्र भवनको सङ्ख्या थपघट हुनसक्ने समेत जनाएको छ ।

    सार्वजनिक चलचित्र भवन बोर्डमा नवीकरण भइसकेको उल्लेख गर्दै ती भवनमा मात्रै प्रदर्शनका लागि चलचित्र उपलब्ध गराउन र वितरकलाई वितरण गर्न आग्रह समेत गरेको छ ।


    तेस्रो आँखा