काठमाडौं २० मंसिर । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ५० हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै,चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
