रोल्पामा पनि स्वयंसेविका दिवस मनाइयो

रोल्पामा पनि स्वयंसेविका दिवस मनाइयो


  • 3.7K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.7K Views

    रोल्पामा पनि स्वयंसेविका दिवस मनाइयो

    रोल्पा, २० मंसिर । राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवसको अवसरमा सुनिलस्मृति गाउँपालिकाले पनि एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।  स्वास्थ्य स्वयंसेविका, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतको सहभागीतामा सुलिचौर बजार परिक्रमा गरि गाउँपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरि स्वयंसेविका दिवस मनाईएको हो ।

    images


    स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा स्वयंसेविकाहरुको भुमिका उल्लेखनीय रहेको सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले बताउनु भयो ।  नागरिकहरुको स्वास्थ्यको बारेमा जानकारी दिदै रातदिन नभनी सेवा गर्न तत्पर रहने स्वयंसेविकाहरुको बारेमा सरकारले सकारात्मक तवरले सोचेको उहाँको भनाई रहेको थियो । स्वयंसेविकाहरुले गरेको योगदानको कदर गर्दै यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो । महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको थियो। आगामी दिनमा पनि महिलालाई जोड्ने गरि कार्यक्रमको आयोजना गरिने उपाध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    466386765_1805756860227250_2649519903894423923_n.jpg


    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले स्वयंसेविकाहरुको महत्त्वपूर्ण भुमिकाले गर्दा समाज परिवर्तनको दिशामा अघि बढेको बताउनुभयो । स्वास्थको क्षेत्रमा गरेको कामको सम्मान गर्न आवश्यक रहेको उहाँको धारण थियो ।

    465852478_515758411436204_133506347712521103_n.jpg


    स्वयंसेविकाको हकमा सरकारले अपेक्षा गरे अनुसारको काम नगरेको स्वयमसेवीकाहरुले कार्यक्रममा बताएका थिए। सरकारले स्वयंसेविकाको समग्र पक्षलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने उहाँहरुको धारण थियो।  


    प्रत्येक वर्ष डिसेम्बर ५ को दिन मनाईने राष्ट्रिय सामुदायिक महिला स्वयंसेविका दिवस सुनिलस्मृति गाउँपालिकामा पनि मनाईएको हो । कार्यक्रमबाट केही स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा सुनिलस्मृति ३ निवासी अनुराधा बिस्ट, वडा नम्बर ७ निवासी प्रेमकला बिक, वडा नम्बर १ निवासी लिला पुन, वडा नम्बर ५ निवासी हेमलता घर्ती, वडा नम्बर २ निवासी चन्द्रा शाह ,तेजि थापा र दीर्घा सेन रहेका छन् । 


    सुनिलस्मृति गाउँपालिका स्वास्थ शाखा सह( संयोजक सावित्रा थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन स्वास्थ शाखा प्रमुख मतिम आलमले गर्नुभएको थियो।


    भरत विश्वकर्मा
    लेखकबाट थप