काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले छैटौँ विकेट गुमाएको छ । चितवनले छैटौँ विकेटका रुपमा सोहेल तन्भिरलाई शून्य रनमा गुमाएको हो ।
यसअघि, चितवनका लागि जान निकोल लफ्टी इटन ९, कप्तान कुशल मल्ल २३, विपिन रावलले ११, दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर कर्णालीले पहिले बलिङ रोजेको हो ।
