• ट्रेण्डिङ्ग :
दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेर नौ करोड ५२ लाख आम्दानी

दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेर नौ करोड ५२ लाख आम्दानी


  • 3.4K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.2K Views

    दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेर नौ करोड ५२ लाख आम्दानी

     

    images

    बागमती, २१ मंसिर । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० लाखले बढी हो ।

    कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ । आव २०८०/८१ को अवधिमा सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो ।

    बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ ।

    दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उहाँले बताउनुभयाे । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ ।

     


    तेस्रो आँखा