पछिल्ला केही दिन यता निक्कै चर्चा कमाएको एउटा विषय थियो पल – गायिका अफेयर।
पल – गायिका अफेयर र त्यसपछिको घटनाक्रमसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु एकाएक विभाजित भए। कसैले पल शाहलाई बोक्न थाले त कसैले गायिकालाई।
यस विषयमा म आफै पनि अछुतो छैन। पल शाहको जिल्लावासी भएकै नाताले पनि हल्का उनीतिर झुकाव रहनु स्वभाविक थियो। अझ यहाँ गायिकाका केही गल्ती अनि उनका परिवारले उनीप्रती देखाएको उदासीनताको सुरुदेखि विरोध गर्दै आए।
मेरो नजरमा पल शाह भन्दा बढी गल्ती गायिका कै थियो।
पल – गायिका काण्डमा पलको समर्थन गर्दै एउटा स्टाटस फेसबुकमा लेखेर सुते। अर्को दिन उठ्दा मेरो त्यो स्टाटस केही युटुबहरुले पढेर पलको समर्थनमा भिडियो बनाएछन्। अनि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरेछन् भने कसैले कपि गर्दै कमेन्टमा पोष्ट्याउने काम गरेछन्।
पलको समर्थनमा लेखिएको त्यो स्टाटसमा मान्छेहरुको सकारात्मक कमेन्टलाई लिएर म सन्तुष्ट नै थिए। किनकी मैले स्टाटसमा पलको गल्ती भन्दा धेरै ठूलो गल्ती गायिकाको परिवारको छ भनेर प्रष्ट्याउन खोजेको थिए।
र, मलाई अझै पनि त्यही लाग्छ। यदि परिवारले रोकेको भए गायिकासँग पलको त्यो रात बित्ने थिएन। किनकी गायिकाले आफै भनेकी छिन “दिदीहरुले घर हिड भन्नू भयो, पलले नजाउ यतै बस भनेपछी उहाँहरु (दिदीहरु) मलाई होटेलमै छाडेर जानू भयो।”
गल्ती यहीबाट सुरु भयो भन्ने मेरो मान्यता छ। यदि त्यो रात बहिनीलाई होटेलमा छाडेर दिदीहरु घर नगएको भए सायद त्यस्ता अनेकौ रात आउने थिएनन।
अब परिवारको अर्को कदमको पनि म विरोधी नै थिए। गायिकाको परिवारले नाबालिकमाथी करणी नै भएको ठान्दथे भने किन बार्गेनिङ गर्दै बसेको त ? बिहेको लागि गरेको बार्गेनिङ हामीले सुनेकै छौ।
हो, गायिकालाई पलसँग प्रेम थियो, त्यसैले उनी उजुरी गर्ने पक्षमा थिइनन् होला । तर नाबालिक छोरी माथी जवर्जस्तिकरणी देख्ने परिवारले किन बिहेको बार्गेनिङ गर्दै बसेको ? किन घटना थाहा भएको भोली पल्टै कानुनी दायरामा नआएको ?
यस्तै, कुराहरुले गर्दा पनि म पलको पक्षमा अलि बढी थिए। तर गल्ती समिक्षाको भन्दापनी उनको परिवारको बढी देख्थे।
पलको संरक्षणमा फेसबुकका भित्ता रंङ्ग्याउने मध्येको एउटा भएकै नाताले गायिकाको परिवारलाई सम्पुर्ण दोष थोपरेर बसेको एक दिन पछाडी मलाई एकजना बहिनीको म्यासेज आयो अनि बल्ल म त्यता तिर सोच्न बाध्य भए, म झसङ्ग भए।
निरु पौडेल नाम गरेकी एकजना बहिनीले बिहानै म्यासेजमा लेखेकी थिइन “दाइ ! पलको बचाउ गर्नुस् या गायिकाको। तर एउटा नारीको मनोभावना बुझ्ने कोसिस गर्नुस। तपाईंहरुले यसरी पल ठिक, गायिका बेठिक भन्दै गर्दा उ डिप्रेसनमा जान सक्छे, आत्महत्याको बाटो रोज्न सक्छे। तपाईहरु किन बुझ्नु हुदैन ? उ एउटा प्रेमी थिइ, पललाई विश्वास गरेकी अबाेध थिइ। तर बदलामा यति तुच्छ गाली अनि बदनाम ?”
उनले अगाडि अर्को म्यासेजमा लेखेकी थिइन “गल्ती दुबै बाट भएको हो दाइ ! एउटा अबोध, अन्धो प्रेममा फसेकी केटीलाई बिहेसम्मको आस्वासन दिदै यौन सम्पर्क गर्ने तपाईंको पल के ठिक हो ? एउटा महिला भएर सोच्नुहोस दाइ।”
मैले निरु बहिनीको म्यासेज पढने बित्तिकै गायिकाको बचाउमा एउटा स्टाटस फेसबुकमा पोष्टिए।
हुन त हामी भुई मान्छे हौ, हाम्रा स्टाटसले सेलिब्रेटिको जिबनमा केही फरक पार्दैन। तर एउटा कुरा के बुझेको छु भने हामी जस्तै भुईमान्छेको टिप्पणीबाट नै सेलिब्रेटीहरु डिप्रेसनमा जाने या सफलताको शिखर चढने हुन।
पल – गायिका काण्डसँगै आएका अनेकौ भिडियो र न्युजहरुमा म जस्तै भुइमान्छेहरुले कमेन्ट गरेका हुन्छन। ती कमेन्टहरुमा नब्बे प्रतिशतले त गायिकालाई नै दोषी देखाएका छन। गल्ती देखाउनु एउटा पाटो हो भने असभ्य भाषामा गाली गर्नु अर्को पाटो।
यस्तै असभ्य भाषाको गालीले गाियकाको भबिष्यमा कस्तो असर गर्ला भनेर नसोच्नु नै पलका समर्थकहरुको भुल हो भन्ने मान्यता अहिले मेरो छ ।
प्रेम अन्धो हुन्छ, गायिकाले पललाई अन्धो प्रेम गरेकी थिइन। अनि प्रेम स्वार्थी पनि हुन्छ, जुन पलले गाियकालाई गरेका थिए।
पलको स्वार्थ नबुझ्नु, करियर बनाउने उमेरमा कसैको प्रेममा रमाउनु गायिकाका गल्ती थिए। पलका गल्ती हजार होलान तर समाजले पलको गल्ती मज्जाले पचाउछ। गायिकालाई तिरस्कार गर्छ यो समाजले, बाच्नै नदिने गरी तिरस्कार गर्छ।
त्यसैले पनि युवाहरु गायिकाको पक्षमा उभिनुपर्छ जस्तो लाग्छ मलाई। गायिकाको पक्षमा उभिदै गर्दा पललाई बलात्कारीनै देख्नु चै गलत हो।
भोलि अदालतले पललाई निर्दोश साबित गर्ला या दोशी , यी त अदालती कुरा होलान। तर पलको समर्थक बनेर सामाजिक सञ्जाल भर्दै गर्दा गायिकाको मनो–विज्ञानमाथी असर गर्ने खालको टिप्पणी नगर्दा राम्रो हुन्थ्यो।
चर्चित सेलिब्रेटीहरु डिप्रेसनको सिकार भएका खबर हामिले पढदै आएका छौ। श्रीषा कार्की जस्ती होनहार नायिकाले आत्महत्या गरेको खबर हामिले पढेका हौ। भर्खरै मात्र जेनि कुवर जस्ती हिम्मती नायिकाले डिप्रेसनकै कारण आत्महत्या गरिन।
एउटा स्थान बनाईसकेका र उमेरले परिपक्व भैसकेका नारीहरु त सामाजिक अपहेलना सहेर बस्न सक्दैनन अनि झुण्डिन तयार हुन्छन भने गाियका त अबोध नै हुन।
गायिका र गायिकाका परिवारका सयौ कुराहरु सँग मेरो पनि पुर्ण बिमती छ। पलको मात्र दोष म पनि देख्दैन तर पलको समर्थक बनेर गायिकामाथी तुच्छ भाषामा टिप्पणी गर्न पनि सक्दैन म।
एउटा नेपाली संगितको बाटोमा बामे सर्दै गरेकी गायिकाको दोष देख्नु नराम्रो होईन , किनकी पल – गायिका अफेयरमा एउटाको पक्ष लिनु हामी सबैको अधिकार नै हो । तर प्रेममा भएको भुल अनि त्यसपछी को अबस्थालाई लिएर तुच्छ भाषा प्रयोग चै अपाच्य नै हो ।
पल – गायिकाको काण्डमा समिक्षाका समर्थकहरु संयमित भएको तर पलका समर्थकहरु अलि उग्ररूपमै सामाजिक सञ्जालमा उफ्रेको सजिलै देख्न सकिन्छ।
अझ युटुब र टिकटकमा भएका कमेन्टहरु त पढन पनि सकिँदैन। टिकटकमा भएका कैयौ भिडियोहरु यतिसम्म लज्जास्पद छन कि मान्यजनको अघिल्तिर बसेर सुन्न पनि सकिँदैन।
गायिकाको गल्ती या पलको गल्ती, यसको निर्णय गर्ने अधिकार सम्मानित अदालतको हो। हामी त एउता पक्षलाई समर्थन गरेर आफ्नो मत जाहेर गर्ने मात्र हो।
हाम्रो मतले अदालती प्रक्रियामा कुनै असर गर्दैन तर हामिले दिने नकारात्मक टिप्पणीले पिडित या पिडकलाई कस्तो सम्म मानसिक असर गर्छ भनेर किन बुझ्दैनौ हामी ?
एउटा प्रेममा फसेर गल्ती गरेका जोडीलाई हत्यारा जस्तै दुर्व्यवहार गर्दा भोलि त्यसको असर उ माथी कस्तो पर्ला भनेर किन बुझ्दैनौ ?
म खुल्ला भन्न सक्छु, पलको समर्थक हु तर गायिकाको विरोधी पनि होइन। पल– गायिका काण्डमा हाम्रो समाज दोषी हो, गायिकाको परिवार दोषी हो अझ भनौ बलात्कार सम्बन्धी कानुनले प्रष्ट्याएका बाटाहरु दोषी हुन।
मेरो विचारमा दण्डित हुने बलात्कार निर्मला पन्तसँग सम्बन्धित बलात्कार हो। यहाँ पल – गायिकाको अफेयरमा भएको बलात्कार र निर्मला पन्तको बलात्कारलाई एउटै कानुनले हेर्न सकिँदैन।
दुई फरक तरिकाका बलात्कारलाई एउटै नजरले हेर्नू र कानुनतः दण्डको व्यवस्था हुनु पनि गलत हो जस्तो लाग्छ।
तर यो मेरो व्यक्तिगत विचार कस्ले सुन्छ ? मनमा लागेको कुरा फेसबुकमा पोष्ट्याउनु बाहेक अरु महत्व बोक्दैनन मेरा विचारहरुले।
हो यहि विचारहरु पोष्ट्याउदा पिडित भनिएकाहरुलाई हेप्ने, उसलाई अझ डिप्रेसनमा हालेर जिन्दगिनै तहस–नहस पार्दिने टिप्पणी गर्नु हुदैन भन्ने मान्यता हो मेरो।
एउटाको समर्थनमा हात उठाउन मज्जाले पाइयो तर अर्कोलाई जघन्य अपराध गरेको अपराधी जस्तो नजरले हेर्नू गलत भयो पल – गायिका काण्डमा ।
गायिकाले पललाई गरेको अन्धो प्रेमको बदलामा उनलाई डिप्रेसनको सिकार बनाउने खालको तुच्छ कमेन्ट गरेर एउटा होनहार गायिकाको अपमान नगरौ, बरु उनलाई हिम्मत दिदै आगामी पाइला सोचेर चाल्ने सल्लाह दिउ।
त्यसैले प्लिज पलका समर्थकहरु ! गायिकालाई डिप्रेसनको सिकार हुनबाट बचाउ।
दिपक घिमिरे
