• ट्रेण्डिङ्ग :
सुन तोलामा २१ सयले बढ्यो

सुन तोलामा २१ सयले बढ्यो


  • 2.6K
    SHARES
    • मंसिर २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.0K Views

    सुन तोलामा २१ सयले बढ्यो

    काठमाडौं २५ मंसिर । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    तेस्रो आँखा