पत्रकार महासंघ दाङको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा सुवेदी

पत्रकार महासंघ दाङको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा सुवेदी


  • 5.3K
    SHARES
    • मंसिर २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 8.1K Views

    पत्रकार महासंघ दाङको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा सुवेदी

    दाङ, २६ मंसिर । नेपाल पत्रकार महासंघ दाङशाखाको नेतृत्व सर्वसम्मत चयन भएको छ । जसको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । 

    images

    त्यसैगरी उपाध्यक्षमा ओपेन्द्र बस्नेत, उपाध्यक्ष (महिला) मा नारायणी रजौरे चयन हुनुभएको छ । त्यस्तै सचिवमा जेएन सागर, सहसचिवमा प्रकाश चौधरी, सहसचिव (समावेशी) मा वसन्त परियार, कोषाध्यक्षमा अमरराज भण्डारी चयन हुनुभएको छ । 

    त्यसैगरी सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, छविलाल पुरी, जंगबहादुर रेउले, टेकबहादुर पुन, नारायणप्रसाद नेपाल, रमा नेपाली, सन्तोष खनाल, सरिता चौधरी, सुमन केसी, सुरक्षा चौधरी र हेमराज नेपाली चयन हुनुभएको छ । 

    त्यस्तै केन्द्रीय परिषद सदस्यमा दिप्तीशिखा चौधरी, सुलोचना गौतम, शरद अधिकारी र सुशिलकुमार बस्नेत चयन हुनुभएको छ । प्रदेश परिषद् सदस्यमा अमरराज आचार्य, उदय विसी, उमा भण्डारी, कुलदिप न्यौपाने, गिरिराज नेपाली, चन्द्रप्रकाश नेपाली, दशरथ घिमिरे, निमुसंगम घर्ती, यमकला भुसाल र शिवराज पन्थी सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत सुदिप गौतमले जानकारी दिनुभयो ।  

    IMG_1241.jpeg


    तेस्रो आँखा