काठमाडौँ, २८ मंसिर । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९ सय २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
