रोल्पा, २७ मंसिर । यतिबेला सुन्तलाको व्यावसायिक खेति गरेका किसानलाई सुन्तला ग्राहक सामु पुर्याउन भ्याइनभ्याइ छ । बारीमा पाकेर सुन्तला पहेलपुर हुदाँ किसानलाई जतिसक्दो छिटो ग्राहक सामु पुर्याउन भ्याइनभ्याइ भएको किसानहरु बताउछन् ।
सुनिलस्मृति गाउँपालिका-७ तेबाङ गाउँमा सुन्तलाको उत्पादन अन्याधिक मात्रामा हुने गर्दछ । यस गाउँका खोरबाङ, सरङ्गेपोखरा, लगाएत टोलका करिब ५०-६० घरधुरीहरुको आम्दानीको मूख्य स्रोत नै सुन्तला बनेको छ । कतिपयले सुन्तला खेतिलाई व्यावसायिक खेतिका रुपमा अगाडी बढाएका छन् ।
सुन्तला पाकेर पहेलपुर बनेसँगै सुनिलस्मृति गाउँपालिका-७ का दलबहादुर घर्तिलाई यतिबेला भ्याईनभ्याई छ । बिहान सबेरै उठी डोकामा सुन्तला बोकेर बिक्री गर्नाका लागि व्यापारिक केन्द्र सुलिचौर बजारमा लैजानु र सुन्तला बिक्री गर्नु हिजोआज उहाँको दैनिकी बनेको छ । बिहान सबेरै बजार लगेर दिनभरी बजारमा ग्राहकहरु कुरेर बिक्री गर्नुपरेको उहाँले सुनाउनुभयो। बजारका विभिन्न चोकचोकहरुमा लगेर सुन्तला विक्री गरिरहेको घर्तिले
बताउनुभयो । केहि मान्छेहरु सुन्तला खरिद गर्न गाउँमै जाने गरेको र केहि सुन्तला भने बिक्री गर्नाको लागि बजार लैजानुपरेको उहाँले बताउनुभयो । बजारमा दिनको २(३ हजारको सुन्तला बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले यसरी वार्षिक रुपमा २-३ लाख बराबरको सुन्तला बिक्री गर्ने गरेको जानकारी दिनुभयो। आफुले करिब ४ रोपनी क्षेत्रफलको जग्गामा सुन्तलाको खेतिलाई बिस्तार गरेको उहाँले बताउनु भएको हो । उक्त सुन्तला खेतिलाई थप व्यवस्थित गरी व्यावसायलाई विस्तार गर्ने सोच छ,उहाँले भन्नुभयो, सुन्तलाको खेतिबाटै घरखर्च राम्रो चलेको छ ‚ सुन्तलाको खेतिबाटै घरखर्च चलेको छ” छोराछोरीलाई पढाउन पुगेको छ,।
अर्का किसान देउकली घर्तिमगरको पनि हिजोआजको दैनिकी पनि सुन्तला बजारमा ल्याएर बिक्री गर्नेमा काममा बितेको बताउनु भयो । सुन्तलाले उत्पादन राम्रो दिएपछि गाउँमै बिक्री नहुँदा बजार ल्याउनुपर्ने बाध्यता भएको दुःख व्यक्त गर्नुभयो । पछिल्लो समय सुन्तलाको व्यावसायिक खेतिमा आफु लागेको उहाँले बताउनुभयो। ‚केहि सुन्तला खरिद गर्नका लागिग्राहकहरु गाउँमै आउछन्, केहिले ताढा ताढा बाट माग (अर्डर) गर्ने गर्दछन्” उहाँले भन्नुभयो ‚अहिले अधिकांशको बारीमा लतरम्म सुन्तला फलेकाले बिक्री गर्नमा कठिनाई भैरहेको छ।‚सुन्तला नै जिविकोपार्जनको आधार बनेको उहाँले बताउनुभयो । सुन्तलाको व्यावसायिक खेति धेरैले गरेकाले सहज रुपमा बजार पाउने अवस्था भने छैन्, सुन्तला बिक्रीमा प्रतिस्पर्धा हुँदा सस्तो मूल्यमा सुन्तला बिक्री गर्नुपरेको दुखेसो उहाँको छ ।
आफ्नो बारीमा अहिले करिब २ सय बराबरको सुन्तलाका बोटहरु रहेको उहाँले बताउनु भएको हो। सिंचाइको प्रयाप्त पहुँच नहुँदा अन्य बालीले खासै उत्पादन दिदैन् तर पछिल्लो समय सुन्तला खेतिले गर्दा किसानलाई आत्मनिर्भर बनाएको छ। यी उदाहरणीय पात्र मात्र हुन् । सुन्तला बिक्री गर्ने काम यतिबेला यस भेगका अधिकांश किसानहरुको दैनिकी काम बनेको छ । सुन्तलाको व्यावसायिक खेतिबाट किसानहरुले मनग्य आम्दानी गरिरहेका छन् । पछिल्लो समय सुन्तलाको व्यावसायिक खेति गर्नेहरुको संख्यामा बृद्धि हुदै जादा व्यावसायिक प्रतिस्पर्धाका साथै समयमै बिक्री नहोला भन्ने चिन्तामा किसानहरु छन् ।
सुन्तलाको खेति गरेका किसानलाई कतिबेला बारीको सुन्तला बजार पुर्याएर जतिसक्दो चाडो बिक्री गरी सक्ने भन्ने चिन्ता छ । किसानहरुले उत्पादन गरेको बस्तुको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने किसानहरुको माग रहेको छ ।
किसानले उत्पादन गरेको बस्तुको भण्डारण गर्नका लागि चिस्यान केन्द्रको व्यवस्था नहुदा किसानले उत्पादन गरेको बस्तु समयमै बेच्नुपर्ने बाध्यता छ । किसानले उत्पादन गरेको सुन्तला बजारमा सहजै खपत नहुँदा किसानलाई यतिबेला आफुले उत्पादन गरेको सुन्तला कसरी बिक्री गर्ने भन्ने चिन्ता भएको छ । जतिसक्दो छिटो सुन्तला बिक्री गर्नुपर्ने बाध्यतामा किसान छन् । किसानहरुले सस्तो मूल्यमै सुन्तला विक्री गर्न बाध्य छन् ।
भरत विश्वकर्मा
