दाङमा चलचित्र ‘कर्मा’को छायांकन सुरु

दाङमा चलचित्र ‘कर्मा’को छायांकन सुरु


  • 3.7K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.8K Views

    दाङमा चलचित्र ‘कर्मा’को छायांकन सुरु

    तुलसीपुर, २८ मंसिर । दाङमा नेपाली कथानक चलचित्र ‘कर्मा’को छायांकन सुरु भएको छ । आज शुक्रबारघोराहीको पाण्डवेश्वर मन्दिर धारापानीमा पुजाआजा गरी चलचित्रको छाँयांकन सुरु भएको हो ।

    images

    चलचित्र निर्देशक सौरभ चौधरीले दाङको परिवेशमा कथावस्तु रहेकाले दाङमै छायांकन गर्न लागेको बताउनुभयो । उहाँका अनुसार दाङको घोराही, तुलसीपुर, हापुरे र रुकुम पश्चिममा चलचित्रको छायांकन हुनेछ । दाङ सुन्दर र सिनेम्याटिक भएकाले दाङलाई रोजेको उहाँको भनाइ छ ।

    करिब ४ करोड लगानीमा बन्न लागेको सामाजिक परिवेशमा आधारित चलचित्र दाङको पश्चिम क्षेत्रमा छाँयांकन हुनेनिर्माता बसन्त लम्सालले जानकारी दिनुभयो । देश खाली भइरहेको अवस्थालाई जोडेर आफूले फिल्म निर्माण गर्नलागेको उहाँले बताउनु भयो ।

    करिब ५० दिनमा छायांकन सकिने र चैत्र २९ गते प्रदर्शनको मिति तोकिएको उहाँले जानकारी दिनुभयो । आफू अमेरिकामा बसोवास गरेतापनि नेपालसँग जोडिने एउटा माध्यम चलचित्र भएकाले निर्माण गर्न थालेको बनाउनु भयो ।

    चलचित्रको मूख्य भूमिकामा नायक विपिन कार्की र नायिका उपसना सिंह ठकुरी रहनुभएको छ ।


    तेस्रो आँखा