• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा २२ सय रुपैंयाले घट्यो

सुनको मूल्य तोलामा २२ सय रुपैंयाले घट्यो


  • 2.8K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.3K Views

    सुनको मूल्य तोलामा २२ सय रुपैंयाले घट्यो

    काठमाडौं, ३० मंसिर । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य ह्वात्तै घटेको छ । आज (आइतबार) सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा