काठमाडौं १ पुस । सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।
सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो । यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।
