• ट्रेण्डिङ्ग :
लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छ : उर्जामन्त्री खड्का

लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छ : उर्जामन्त्री खड्का


  • 3.7K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.6K Views

    लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छ : उर्जामन्त्री खड्का

    काठमाडौँ, १ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्न लागिएको बताउनु भएको छ ।

    images

    मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् खरिद गर्न लागिएको बताउनु भएको हो । मन्त्री खड्काले हिउँदमा विद्युत् आपूर्ति सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने सहमति भएअनुरूप पुस महिनादेखि नै खरिद गरिने बताउनुभयो ।

    उहाँले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत् पुस महिनाबाट खरिद गर्न लागिएको बताउनु भएको छ । उहाँले सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको बताउनुभयो ।

    मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यकर्ता बनाएको बताउनु भएको हो । उहाँले बेलुका साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताउनुभयो ।

    उहाँले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताउनु भएको हो । उहाँले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भएपनि सकेसम्म हुन नदिने योजना रहेको बताउनुभयो ।

    उहाँले भारतबाट नेपालले ९ सय मेगावाटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावाट आपूर्ति गरिने बताउनु भएको छ । उहाँले नेपालभित्रै साढे ३ सय मेगावाट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताउनुभयो ।


    तेस्रो आँखा