काठमाडौं, २२ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर थप ६८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालभर चार हजार नौ सय २९ जनाको नमुना परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको र दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन हजार एक सय ३५ जनाको पिसिआर परीक्षण गर्दा ५४ जनामा र एक हजार सात सय ९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ३८ जना कोरोना संक्रमित निको भएका छन् ।
हाल नेपामा सक्रिय कोरोना संक्रमितको संख्या छ हजार चार सय ६१ रहेको छ ।
