• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो


  • 2.7K
    SHARES
    • पौष २, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.2K Views

    सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

    काठमाडौं २ पुस । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

    images

    सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको थियो । सोमबार ४ सयले वृद्धि हुँदा आज २ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदीको मूल्य त्यसपछि १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

     


    तेस्रो आँखा