काठमाडौं, २२ फागुन। एक गायिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका नायक पल शाहको पहिलो चरणको बयान सकिएको छ। तनहुँमा आईतबार उनको पहिलो चरणको बयान सकिएको तनहुँ सरकारी वकीलको कार्यालयले जनाएको छ।
‘यहाँ तनहुँमा उहाँको बयान सकिएको छ,’ सरकारी वकिल कार्यालय स्रोतले तेस्रो आँखासँग भन्यो। उक्त स्रोतका अनुसार पललाई कावासोती प्रहरीले अनुसन्धानका लागि बोलाएको छ। पलविरुद्ध उनै गायिकाले गैंडाकोट प्रहरीमा पनि बलात्कार मुद्दा हालेकी छिन्।
उक्त अनुसन्धानका लागि पल विरुद्ध थप १२ दिन म्याद थप गरिएको हुन सक्ने बताइएको छ। ‘कावासोती प्रहरीले बोलाएको भनेर भन्न सुनेको हो,’ जिल्ला सरकारी वकिल कार्यालय स्रोतले भन्यो ‘शायद उहाँलाई अब उतै लगिन्छ।’
