• ट्रेण्डिङ्ग :
सुन–चाँदीको मूल्य घट्यो

सुन–चाँदीको मूल्य घट्यो


  • 2.4K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सुन–चाँदीको मूल्य घट्यो

    काठमाडौं ३ पुस । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला दुई सय रूपैयाँ बढेको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा