दाङ ३ पुस । लामोसमयदेखि आँखा रोगको उपचारदेखी अप्रेसनसम्म सक्रिय चिकित्सक आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वागत गरिएको छ ।
प्रतिष्ठानका उपकुलपती डा। विकास लामीछानेले एक कार्यक्रमका विच डा. रसाइलीलाई स्वागत गर्नु भएको हो । रसाइली यसअघि लामोसमयसम्म राप्ती आँखा अस्पताल रक्षचौर तुलसीपुरमा कार्यरत रहनु भएको थियो । रसाइलीले यही पुस १ गतेदेखी प्रतिष्ठानमा हाजिरी भई सेवा सुरु गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनु भयो ।
स्वागत कार्यक्रममा वोल्दै प्रतिष्ठानका उपकुलपती डा. लामिछानेले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आँखा उपचारको केन्द्र बन्ने बताउनु भयो । दाङ, घोराही निवासी वरिष्ठ आँखा रोग विषेशज्ञ डा. रसाइली प्रतिष्ठानमा हाजिरी भएपछी अव प्रतिष्ठानबाट आँखाको सम्पुर्ण उपचारदेखि अप्रेसनसम्मको सेवा विरामीले पतिष्ठानमा सेवा पाउने बताउनु भयो ।
