नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडि सेवा बन्द

नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडि सेवा बन्द


  • 3.2K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.9K Views

    नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडि सेवा बन्द

    बाँके ५ पुस । नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडि सेवा अनिश्चित कालका लागि बन्द भएको छ । तलब वृद्धिको माग गर्दै कर्मचारीहरुले अस्पतालको ओपिडि सेवा पूर्ण रुपमा बन्द गराएका हुन् ।  

    images

    पशिचम नेपालकै सबैभन्दा ठुलो निजि अस्पताल कोहलपुर शिक्षण अस्पताल र नेपालगन्जस्थित शिक्षण अस्पतालको ओपिडि सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् । 

    सरकारले तोकेको तलब बृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलनमा उत्रिएका मेडिकल कलेज र शिक्षण अस्पतालका कर्मचारीले बुधवार र विहिबार आधा समय ओपिडि बन्द गराएका थिए । तर उनीहरुको माग सुनुवाई नगरिएपछि शुक्रबारबाट दुबै अस्पतालका ओपिडि सेवा पूर्ण रुपमा बन्द गराउनुका साथै मेडिकल कलेजको पढाई पनि बन्द गराइएका हुन् । 

    बिरामीको समस्यालाई हेरेर हाललाई आपतकालिन सेवा जारी राखिएको छ । आफुहरुको माग पुरा नभए थप अगाडी बढ्ने कर्मचारीहरुले चेतावनी दिएका छन् ।  

     


    तेस्रो आँखा