• ट्रेण्डिङ्ग :
आज सुन–चाँदीको भाउ बढ्यो

आज सुन–चाँदीको भाउ बढ्यो


  • 2.3K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.5K Views

    आज सुन–चाँदीको भाउ बढ्यो

    काठमाडौं ७ पुस । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो । 


    तेस्रो आँखा