रोल्पा ७ पुस । रोल्पाको सुनिलस्मृति गाउँपालिका २ खुंग्रीकी तेजी थापा २०४८ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आउनुभएको छ । ३ दशक बढी स्वस्थ्य स्वयंसेविका भएर काम गर्नुभएको उहाँले सरकारले स्वयंसेविकाहरुका लागि खासै प्राथमिकताका साथ काम नगरेको तेस्रो आँखलाई बताउनुभयो ।
पहिलेको समयमा अत्यन्त चुनौती थियो, घरघरमा गएर स्वास्थ्य सेवाको बारेमा जानकारी दिनुपर्दथ्यो, तर अहिले गाउँका टोलटोलमा गाउँघर क्लिनिकहरुको स्थापना भएकाले स्वास्थ्य स्वयंसेविकाहरुलाई केहि सहज भएको उहाँले बताउनुभयो । विगतका कुराहरु स्मरण गर्दै उहाँले भन्नुभयो-गाउँगाउँमा सडक पूर्वाधारको पहँज नहुँदा सुत्केरीलाई बोकेर हस्पिटल पुर्याउनमा समेत स्वयंसेविका खट्नुपर्ने हुन्थ्यो ।,
आम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनै समस्या हुने गरेको अनुभव सुनिलस्मृति गाउँपालिका २ खुंग्रीकी चन्दा साहले सुनाउनुभयो । २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविका हुनुभएकी उहाँले अहिले नागरिकमा धेरै चेतनाको विकास भएको तेस्रो आँखालाई बताउनुभयो ।अहिले धेरै नागरिकहरुस्वतस्फुर्ततवरले स्वास्थ्य सेवा लिन आउने गरेको बताउनुभयो । स्वास्थ्यको बारेमा नागरिकलाई जानकारी दिदा लजाउने गर्दथे ,अहिले त्यस्तो अवस्था कम भएको छ, उहाँले भन्नुभयो । पहिले विशेष गरी गर्भवती महिलाहरुले नियमित चेकजाँच नगराउदा धेरै ज्यान गएको उहाँले बताउनुभयो । ,पटक/पटक आग्रह गर्दा पनि नियमित चेकजाँच नगर्दा ज्यान समेत गुमाउन पर्ने स्थिति थियो, तर पछिल्लो समय क्रमस कम हुदै गएको छ, उहाँले थप्नुभयो ।
महिला स्वास्थ्य स्वयंसेविका नेपालमा स्वास्थ्य क्षेत्रका प्रमुख मेरुदण्ड हुन् । उनीहरुले आफूले काम गरिरहेको समूदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका गाउँघर तथा दुर्गम गाउँघरमा उल्लेखनीय रहेको छ, जहाँ नागरिक डाक्टरको पहुँजमा हुँदैनन् । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका उल्लेखनीय मात्रामा रहेको छ । चिकिन्सकहरुको सहर केन्द्रित सेवाले गर्दा गाउँघरमा कयौँ स्वास्थ्य संस्था चिकित्सकविहिन छन् भने भएका अन्य कर्मचारीहरुले पनि राम्रोसँग सेवा दिन नसकेको हाम्रो मूलुकमा स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका उल्लेखनीय रुपमा छ । स्वास्थ्य क्षेत्रमा धेरै जिम्मेवारी बहन गर्ने स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा भने नगन्य रहेको छ ।
प्रविधिको प्रयोगमा वृद्धि भएपछि स्वयंसेविकाहरुलाई पनि केहि सहज भएको उहाँहरुको अनुभव छ । तर दशकौँ सम्म दिनरात नभनी नागरिकको सेवामा खट्ने महिला स्वस्थ्य स्वयंसेविकाहरुको भूमिका प्रति सरकारले खासै चासो देखाएको छैन् । सामान्य भत्ताको भरमा दशकौ सम्म स्वयंसेविकाहरु नागरिकको सेवामा तत्पर छन् । गाउँघरमा स्वास्थ्य स्वयंसेविकाले राम्रो सम्मान पाउनुका साथै कतिपय दुर्गम ठाउँमा स्थानीयवासीले उनीहरूलाई डाक्टरसमेत भनेर सम्बोधन गर्नेगर्दछन् । काम र जिम्मेवारीका हिसाबले हेर्ने हो भने महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा रहेर स्वास्थ्य र पोषणबारे जनचेतना अभिवृद्धि,प्रजनन स्वास्थ्य,सुरक्षित मातृत्व,बाल एवं शिशु स्वास्थ्य सेवाबारे जनचेतना अभिवृद्धि गर्नेलगायतका कार्यहरू गर्दै आएका छन् ।
यसैगरीपरिवार नियोजन बारेको चेतना अभिवृद्धि र अस्थायी साधन वितरण,पाँच वर्षमुनिका बालबालिकाको झाडापखाला र श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार,खोप कार्यक्रमहरूलगायत स्वास्थ्य क्षेत्रका राष्ट्रिय कार्यक्रमहरू सञ्चालनमा सहयोग गर्नेजस्ता जिम्मेवारीहरू बहन गरिरहेका छन् ।फलस्वरूप,महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले स्वास्थ्यसेवाको पहुँच नपुगेका ग्रामीण भू(भागमा मातृशिशु स्वास्थ्य सुधार,परिवार नियोजन सेवा तथा स्वास्थ्य जनचेतना जागरणको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको पाइन्छ ।
भरत विश्वकर्मा
