आज रातिदेखि पश्चिम नेपालमा वर्षाको सम्भावना

आज रातिदेखि पश्चिम नेपालमा वर्षाको सम्भावना


  • 2.7K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.2K Views

    आज रातिदेखि पश्चिम नेपालमा वर्षाको सम्भावना

    काठमाडौं, ८ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ ।

    images

    काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर, त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

    अहिले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई लगायत पहाडी भू–भागका केही स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ।

    यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    कर्णाली र सुदूरपश्चिममा मंगलबार पनि मौसम बदली भइ केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।


    तेस्रो आँखा