काठमाडौं ८ पुस । प्रहरीले सहकारी ठगी आरोपमा एक वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन रहेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप वडाध्यक्ष महर्जन माथि छ । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताउनु भयो । महर्जन उक्त सहकारीका कोषाध्यक्ष हुन् ।
