काठमाडौँ, १० पुस । नेपाली बजारमा बुधवार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधवार १ सय रुपैयाँ घटेर तोलामा १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यस्तै यस दिन चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ८ सय ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर १ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
