अस्पतालको पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं : मुख्यमन्त्री

अस्पतालको पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं : मुख्यमन्त्री


  • 2.9K
    SHARES
    • पौष १०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.5K Views

    अस्पतालको पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं : मुख्यमन्त्री

    कपिलवस्तु, १० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्ष संग छलफल गर्नु भएको छ । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिनु भएको हो ।

    images

    अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ ध्यान दिनुपर्ने बताउनु भयो । ‘उपचार सेलालाई प्रभावकारी बनाउनुपर्छ । भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी बर्षको बजेटमा सम्वोधन गर्ने कोशिस गर्छ ।’

    dbe01696-d8c5-4fb5-83e0-2470bf513692.jpg

    अस्पतालमा उपचार सेवा प्रभावकारी हुदै गएको, दैनिक उपचारमा आउने विरामीको संख्या बढ्दै गएको जानकारी अस्पतालको तर्फबाट दिइएको छ । १५ वेडको अस्पताल भएपनि बिरामीको चाप बढेकाले अहिले २५ वेडको सुविधा प्रदान गरिएको छ । बहिरङ्ग सेवाकालागि दैनिक एक सय ५० देखी दुई सय जना बिरामी आउने गरेका छन् ।

    करिब ३० जना बिरामी भर्ना गरेर उपचार सेवा प्रदान गरिएको अस्पतालका डा।विनोद बढैले जानकारी दिनुभयो ।‘बिरामीको चाप बढ्दो छ । यो अस्पताललाई प्रदेश मातहतमा लैजाँदा सेवा सुविधा प्रदान गर्न थप सहज हुने थियो’डाक्टर बढैले भन्नुभयो,‘अस्पतालले प्रदान गर्ने सेवा सुविधा थप गर्ने र सबैको पहुँचमा पु¥याउनेगरी भूमिका बढाएका छौं ।’ अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी लगायत स्थानीय सरोकारवाला पक्षसंग मुख्यमन्त्री आचार्यले छलफल समेत गर्नु भएको थियो ।

    d8c179eb-7675-4d60-bf9b-fce2f90c0899.jpg


    तेस्रो आँखा