मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख


  • 3.0K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.6K Views

    मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

    काठमाडौंँ, ११ पुस । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख  छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जानकारी दिनुभयो । 

    images

    उहाँले निजको अवस्था सामान्य रहेको बताउनु भएको छ ।  मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिनुभयो ।  

    साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ ।


    तेस्रो आँखा