काठमाडौं ११ पुस । घुससहित पक्राउ परेका रोल्पाका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुससहित पक्राउ गरेको थियो ।
उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो । उनलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ ।
