सन्दर्भ : अन्तराष्ट्रिय महिला दिवस -कविता
म नारी !

म नारी !


  • 29.2K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 45.0K Views

    म नारी !

    चराचर जगतको यो घना बस्तीमा
    फुल्ने ओइलाउने जीवनको हस्तीमा
    बिलाएका र आउने सबै अस्तित्वको
    लेखिने नलेखिने सबै इतिहास बोकेको
    सृष्टीको सबैभन्दा अनुपम उपहार
    हरेक स्वरुपको म त्यो सृजनाकार
    मेरो अस्तित्व हो म नारी हुँ ।

    images

    बनाइएका परिभाषाहरुको शब्दकोशमा
    यथावत् कति कति नामले चिनाए पनि
    चूलोचौका धुलोमैलो अनि मनदेखि 
    प्राप्तिको तिम्रो हर आशनसम्म
    मिठो निन्द्रादेखि तिम्रो शासनसम्म
    हरेक बस्तीका गल्ली गल्ली चोकचोकमा 
    आधा आकाश भन्नेहरुको मनवचनमा
    हरदम हरपल खिसी या खुशीको सञ्चार
    फेरि पनि साँझपख बस एक इन्तजार
    मेरो अस्तित्व हो म, म नारी हुँ ।
     
    सबको सुख अनि सृजनाका लागि
    आफ्नो सोच सुखलाई तिलाञ्जली दिंदै
    हरेक नाता खुशीले जोड्दै सजाउदै
    ममताकी खानी कसैको मनकी रानी
    सहनशीलताकी अनमोल कहानी
    सुखदुख अनुभूतीको अथाह यो संसार
    तर मेरो केन्द्रबिन्दु मेरो घर परिवार
    मेरो अस्तित्व हो म नारी हुँ ।


    दुर्गा आचार्य
    लेखकबाट थप