खप्तड गोल्डकप: मछिन्द्र र बागमती प्रतिस्पर्धामा

खप्तड गोल्डकप: मछिन्द्र र बागमती प्रतिस्पर्धामा


  • 10.1K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    खप्तड गोल्डकप: मछिन्द्र र बागमती प्रतिस्पर्धामा

    काठमाडाैं, २४ फागुन। सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मंगलबार एक खेल हुँदैछ ।

    images

    धनगढी रंगशालामा हुने क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल ३ बजेपछि सुरु हुनेछ ।

    आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ ।

    ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले सिधै क्वाटरफाइनल खेल खेल्न लागेको हो । लिगपछि मछिन्द्रको यो पहिलो मोफसलको प्रतियोगिता हो ।

    बागमतीले एनआरटीलाई हराएको थियो । बागमतीले एनआरटीलाई पेनाल्टी सुटआउटमा चार तीन ले हराएको थियो ।

    आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 

    प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

    सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

    प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # खप्तड गोल्डकप

  • तेस्रो आँखा
    लेखकबाट थप