• ट्रेण्डिङ्ग :
तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला


  • 9.8K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 15.0K Views

    तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

    तुलसीपुर १२ पुस । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको कार्यकक्षमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृत डाँगी कार्यकक्षमै भएको समयमा सर्पदंश उद्धारकर्ता प्रभाव भण्डारीले बाहिरबाट ताला लगाउनु भएको हो ।

    images

    सबै प्रक्रिया पुरा गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत डाँगीले सर्प महोत्सवको भुक्तानी दिन आनाकानी गरेपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाईएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा गत कात्तिक ८ गतेदेखि १० गतेसम्म सर्प महोत्सव आयोजना भएको थियो ।

    उक्त महोत्सवमा तुलसीपुर उपमहानगरपालिकाले ४ लाख रुपैयाँ दिने सहमति भएको थियो । सबै प्रक्रिया पुरा गरेर विल कार्यपालिका बैठकमा पेश भएर कार्यपालिकाको बैठकले ४ लाख रकम दिने निर्णय गर्दा समेत डाँगीले रकम दिन आनाकानी गरेपछि उहाँको कार्यकक्षमा ताला लगाइएको हो । अहिले प्रहरी आएर ताला खोलेर सहमतिका लागि छलफल जारी छ । 


    तेस्रो आँखा