• ट्रेण्डिङ्ग :
पश्चिम नेपालमा बिहानैदेखि वर्षा र हिमपात सुरु

पश्चिम नेपालमा बिहानैदेखि वर्षा र हिमपात सुरु


  • 3.7K
    SHARES
    • पौष १३, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.6K Views

    पश्चिम नेपालमा बिहानैदेखि वर्षा र हिमपात सुरु

    काठमाडौं, १३ पुस । जल तथा पूवानुमान महाशाखाले हाल पाँच प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

    images

    महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

    सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको भइरहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा लगायत कोशी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनेछ ।

    देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

    त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनेछ ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहने छ ।


    तेस्रो आँखा