• ट्रेण्डिङ्ग :
सुनको मुल्य तोलामा ५ सय रुपैंयाले घट्यो

सुनको मुल्य तोलामा ५ सय रुपैंयाले घट्यो


  • 2.9K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.5K Views

    सुनको मुल्य तोलामा ५ सय रुपैंयाले घट्यो

    काठमाडौं, १४ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सयले घटेको हो ।

    images

    छापावाल सुन प्रतितोला १ लाख ५० हजार २ सयमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदी मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा