२४ घण्टामा थपिए १९४ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए १९४ जना कोरोना संक्रमित


  • 12.4K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 19.0K Views

    २४ घण्टामा थपिए १९४ जना कोरोना संक्रमित

    काठमाडौं, २४ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर एक सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    नेपालभर छ हजार तीन सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ । 

    तीन हजार छ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा ७४ जनामा र दुई हजार सात सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने तीन सय ४८ जना कोरोना संक्रमित निको भएका छन् । 

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार आठ सय ७५ रहेको छ । 

    24 gate.jpg

     

  • सम्बन्धित विषय:

  • # काेभिड

  • तेस्रो आँखा
    लेखकबाट थप