बझाङमा ढुंगा लागेर स्वास्थ्य स्वयं सेविकाको मृत्यु

बझाङमा ढुंगा लागेर स्वास्थ्य स्वयं सेविकाको मृत्यु


  • 4.3K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.6K Views

    बझाङमा ढुंगा लागेर स्वास्थ्य स्वयं सेविकाको मृत्यु

    बझाङ १४ पुस । बझाङमा ढुंगा लागेर एक स्वास्थ्य स्वयं सेविकाको मृत्यु भएको छ । थलारा गाउँपालिका-९ स्थित मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर आमवगर भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयं सेविका पच्चकला जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    images

    शनिवारदेखि परिरहेको वर्षाका कारण कच्ची सडकको माथिबाट ढुङ्गा खसेको अनुमान गरिएको छ । मृतक मालुमेलावाट शनिवार वेलुका आफ्नो घर आमवगर जाँदै गरेको मृतकका आफन्तले बताएका छन् । घटनास्थल मालुमेलाको विद्यालयभन्दा करिव ५/७ मिनेटको पैदल दुरीमा पर्छ ।


    तेस्रो आँखा