दाङ, १६ पुस । घोराहीस्थित होटेल पौवामा अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा आज साँझ बिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा चर्चित लोकगायक पशुपति शर्मा, एन्जिला रेग्मी लगायतका कलाकारहरु आउने होटेल पौवा घोराहीका म्यानेजर केडी शर्माले बताउनु भयो ।
नयाँ बर्ष सांगितिक रमझमका साथ शुरुवात गर्न बेलुका ७ बजेदेखि कार्यक्रम आयोजना गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुतीका साथ बिभिन्न परिकारहरुको पनि आनन्द लिन सकिने उहाँले बताउनु भयो । कार्यक्रममा सहभागिताका लागि शर्माले सबैलाई आह्वान गर्नु भएको छ ।
